राजनीति

कांग्रेस उम्मेदवार कोइराला आज दिनभर मतदाताकै घर-दैलोमा ब्यस्त

नेपालगन्ज, फागुन ११ :
बाँके, क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइराला सोमबार दिनभर मतदाताको घर-दैलोमा ब्यस्त भएका छन् । उनी सोमबार दिउँसो नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ घरबारी टोल, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ उदयपुर लगायत क्षेत्रमा मतदाताका घर-दैलोमा ब्यस्त भएका हुन् ।

घरदैलोका क्रममा मतदाताले कोइरालालाई जितको अग्रिम शुभकामना दिएका छन् । बाँके-२ नेपाली कांग्रेसका पुर्वसभापति एवम् पुर्वप्रधानमन्त्री स्वर्गिय सुशिल कोइराला चुनाव लड्दै आएको क्षेत्र हो । यही क्षेत्रका मतदाताको अमुल्य मतबाट चुनाव जितेर स्वर्गिय कोइराला प्रधानमन्त्री बनेका थिए, भने देशका लागि नयाँ संविधान दिएका थिए ।
आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनमा स्वर्गिय कोइरालाका भतिज समेत रहेका कांग्रेसका युवा नेता एवम् जिल्ला सचिव शुधान्सुलाई निर्वाचित गराउने मतदाताहरुले प्रतिवद्धता जनाएका हुन् । घर-दैलोका क्रममा अधिकांस मतदाताले आफुलाई आर्शिवाद दिने गरेको कोइरालाले बताएका छन् ।

उनले सोमबार नै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० मनिकापुर, डुडुवा गाउँपालिका वडा नम्बर ४ स्थित खाला मसाहा, उचा मसाहा, सिधनिया, लोनियनपुरुवा लगायत गाउँमा पनि घरदैलो गरेको नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति रमेशकुमार गुप्ताले जानकारी दिएका छन् ।