Business, Entrepreneurs
Business, Entrepreneurs
अर्घाखाँची २७ चैत । ऐतिहासिक पाणिनी सम्मेलन आजदेखि अर्घाखाँचीस्थित पाणिनी गाउँपालिकामा सुरु गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनकाे एक भब्य समाराेहका विच उद्घाटन गर्नु भएको हाे । मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री ओलीलाइ स्वागत गर्नु भएको छ । सम्मेलनले केवल विगत सम्झने मात्र
अर्घाखाँची २३ चैत । संस्कृत व्याकरणका पिता महर्षि पाणिनिको तपोभूमिमा हुन लागेको पाणिनि तपोभूमि सम्मेलन–२०८१ को तयारी अन्तिम चरणमा पुगेको छ । लुम्बिनी प्रदेश मुख्यमन्त्री चेतनारायण आचार्यले सम्मेलन स्थलको स्थलगत निरीक्षण गरी तयारी अवस्थाबारे जानकारी लिनुभएको हो । अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिका क्षेत्रलाई केन्द्रविन्दु
अर्घाखाँची २३ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सन्धिखर्क–५ मथुरालाई देशकै पवित्र धार्मिक तीर्थस्थलका रूपमा विकास गरिने बताउनु भएको छ । मथुरा वाङलाको गोपेश्वर पीठ र राधाकृष्ण मन्दिरमा सञ्चालन भएको श्रीमद्देवीभागवत एवम् शतचण्डी महायज्ञ कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले मथुरालाई धार्मिक महत्वको स्थलका
अर्घाखाँची २३ चैत । नेकपा एमाले अर्घाखाँचीले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । पार्टीका सन्धिखर्क नगर अध्यक्ष कुशल भुसालका पिता विष्णुप्रसाद भुसालको श्रद्धाञ्जली सभा सम्पन्न गरिएको हो । श्रद्धाञ्जली सभालाई पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सम्बोधन गर्दै अर्घाखाँचीको सिंगो कम्युनिस्ट
दाङ २२ चैत । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले स्थानीय सेवासम्बन्धी नियमावली, बजेट व्यवस्थापन सम्बन्धी निर्णयहरू गरेको छ । बैठकले स्थानीय निजामती सेवा नियमावली, २०८१ लाई प्रदेश लोक सेवा आयोगको परामर्शका लागि पठाउन स्वीकृति
दाङ २२ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आम जनताको हित रक्षाका लागि विमालाई प्राथमिकता दिन सकिने भए पनि विमा कम्पनीहरूले जनताको थप विश्वास आर्जन गर्न जरुरी रहेको बताउनुभएको छ । राष्ट्रिय विमा कम्पनी लिमिटेडले आयोजना गरेको ‘प्रदेश सरकार र सरकारी निकायसँग निर्जीव
बाँके २० चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले अहिलेको जनमत भनेकै हिन्दु राज्य भएको बताएका छन् । नेपालगन्ज विमानस्थलमा बुधवार पत्रकारहरूसँग कुराकानी गर्दै लोकतन्त्रको विकल्पमा जनता सडकमा नआएको तर, हिन्दु राज्यका लागि जनता उर्लिएको उनले उद्घोष गरे । हिन्दु राज्यमा
दाङ १९ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले घाटा बजेट नबनाउने बताउनु भएको छ । प्रदेश विकास समस्या समाधान समितिको मंगलबार सम्पन्न बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले घाटा बजेट नबनाउने र बजेटको आकार पनि घट्ने
दाङ १९ चैत । लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक मंगलबार सम्पन्न भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकमा विभिन्न ११ वटा एजेन्डामा छलफल गरिएको छ । लुम्बिनी प्रदेश बहुप्रकोपको जोखिममा रहेको छ । प्राकृतिक रूपमा भूकम्प, बाढी, पहिरो, चट्याङ, असिना, हुरी,
नवलपरासी १८ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले त्रिवेणीस्थित गजेन्द्र मोक्ष धामबाट मुक्तिनाथका लागि सुरु भएको ऐतिहासिक रथ यात्राको शुभारम्भ गर्नुभएको छ । कालिगण्डकीका शालिग्राम तथा मुक्तिनाथको प्रचारप्रसार गर्ने र धार्मिक आस्थालाई एकअर्कासँग जोड्ने उद्देश्यले आयोजना गरिएको यस यात्रामा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय सहभागिता











