Uncategorized

केन्द्रीय मोहर्रम पर्व तथा कर्वला व्यवस्थापन समितिको अध्यक्षमा पुनः हलवाई चयन

साउन २, नेपालगन्ज । ७ औं साधरणसभाबाट ५ वर्षीय कार्यकालका लागि हलवाई सर्वसम्मत चयन हुनुभएको हो ।नेपालगन्जस्थित केन्द्रीय मोहर्रम पर्व तथा कर्वला व्यवस्थापन समितिको अध्यक्षमा पुनः गुलाम हुसेन हलवाई सर्वसम्मत चयन हुनुभएको छ । समितिको उपाध्यक्षमा इशहाक सिद्दिकी, मेराज हलवाई, याकुव अनसारी, मेराज अहमद हिमालय, जमिल राई हुनुभएको छ । यसैगरी महासचिवमा फरिदुल हक हलवाई, सचिवमा हारुन हलवाई र साविर अलि शेष रहनुभएको छ ।

कोषाध्यक्षमा शम्शेर राइ र सहायक कोषाध्यक्षमा सलिम हलवाई रहनुभएको छ ।समितिको सदस्यहरुमा इसराइल सिद्दिकी, अखतर राई, नसिम राई, मेराज राई, हैदर सिद्दिकी, समि राइ र तबराक सिद्दिकी रहनुभएको छ । संरक्षकमा अब्दुल जलिल मंसुरी र अलि हुसेन राई चयन हुनु भएको छ ।सल्लाहकारमा हनिफ शेख, नसिम हल्वाइ, पप्पु कसगर, अफरोज शेष, कमरुद्दिन सिद्दिकी, अब्दुल हकिम सिद्दिकी, ज्याउल हक हल्वाइ, सरिफ बगवान रहेका छन ।