Uncategorized

लागुऔषध मुद्दाको फरार प्रतिवादी पक्राउ

साउन २, नेपालगन्ज । लागुऔषध मुद्दाको फरार प्रतिवादी पक्राउ गरिएको छ । सम्मानित बाँके जिल्ला अदालतको मिति २०७८।१०।३० गतेको फैसलाले जिल्ला बाँके कोहलपुर न.पा.१० बस्ने वर्ष २० को सुदिप चौधरीलाई लागू औषध मुद्दामा २८ दिन कैद तोकिएको थियो । निज हालसम्म फरार रहेको हुँदा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमबार गते निजलाई पक्राउ गरि सम्मानित बाँके जिल्ला अदालतमा बुझाईएको छ ।