Uncategorized

लागू औषध मुद्दाको फरार प्रतिवादी चौधरी पक्राउ

साउन २, नेपालगन्ज ,लागू औषध मुद्दाको फरार प्रतिवादी पक्राउ गरिएको छ ।सम्मानित बाँके जिल्ला अदालतको मिति २०७८।०८।०८ गतेको फैसलाले जिल्ला बाँके कोहलपुर न.पा.१५ बस्ने वर्ष ३२ को अजय कुमार चौधरीलाई लागू औषध मुद्दामा ९ महिना २१ दिन कैद तोकिएको थियो । निज हालसम्म फरार रहेको हुँदा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमबार गते निजलाई पक्राउ गरि सम्मानित बाँके जिल्ला अदालतमा बुझाईएको जिल्ला प्रहरी बाँके जानकारी दिइएको छ ।