Uncategorized

लागुऔषध मुद्दामा फरार २ जना पक्राउ

साउन २, नेपालगन्ज । बाँके प्रहरीले लागुऔषध मुद्दामा फरार २ जनालाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका वडा नं।१० बस्ने २० वर्षीय सुदिप चौधरी र वडा नं।१५ बस्ने ३२ वर्षीय अजयकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको हो ।सुदिप चौधरीमाथि बाँके जिल्ला अदालतको मिति २०७८ माघ ३० गतेको फैसलाले लागू औषध मुद्दामा २८ दिन कैद र अजयकुमार चौधरीमाथि जिल्ला अदालतको मिति २०७८ मंसिर ०८ गतेको फैसलाले लागुऔषध मुद्दामा ९ महिना २१ दिन कैद सजाय तोकिएको थियो ।उक्त सजाय पश्चत उनीहरु दुवै जना यसअघिसम्म फरार रहेको बाँके प्रहरीले जनाएको छ ।दुवैलाई पक्राउ गरी बाँके जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।