नेपालगन्ज वडा नं ४ मा जनचेतना मूलक कार्यक्रम सम्पन्न
साउन २, नेपालगन्ज ।नेपालगन्ज उप–महानगरपालिका वडा नं ४ मा विशेष सरसफाइ तथा जनचेतना मूलक कार्यक्रम सम्पन्न गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ को आयोजना र समुदाय–प्रहरी साझेदारीको सहकार्यमा हाम्रो वडा राम्रो वडा भन्ने अभियान अन्तर्गत विशेष सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सोमवार सम्पन्न गरिएको हो ।नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ भित्र रहेको सल्यानीबाग चोक देखि देवाफुलबारी टोलसम्म बृहत सरसफाई कार्यक्रमका साथै रसिद अलिको अध्यक्षतामा ९ सदस्यीय (देवाफुलवारी–उचुवा) टोल समिति गठन समेत गरिएको छ । सरसफाई अभियानमा नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष गोपल पुनको अध्यक्षतामा भएको कार्यक्रम नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बाँकेका अध्यक्ष तथा खजुरा गाउँपालिका प्रमुख डम्बरबहादुर बि.क.को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।कार्यक्रममा आफ्नो घरबाट निस्केको फोहोर वर्गीकरणको आधारमा व्यवस्थापन गर्न र घर आंगन सफा राख्न नेपालगन्ज ४ का वडाअध्यक्ष पुनले अनुरोध समेत गर्नुभएको थियो । उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य रेवती परियार, सदस्य रुमित श्रेष्ठ, सलिम मुसलमान, उत्तामसिं सिंजापती, जनप्रतिनिधि, कर्मचारी, स्वयं सेबक, नेपाल प्रहरी, सामुदायिक प्रहरी लगायत स्थानीयबासीहरुको उपस्थिती रहेको थियो ।


