Uncategorized

मन्त्री अथकद्धारा मुलपानी रंगशालाको अनुगमन

साउन २, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले निर्माणाधिन मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अनुगमन गर्नुभएको छ । निरिक्षणका लागि सोमबार बिहान मुल पानी पुग्नु भएका मन्त्री अथकले निर्माणाधिन रंगशालाको निर्माण कार्य युद्धस्तरमा अघि बढाउन निर्देशन दिनुभएको छ । आगामी २ वर्षभित्रै सम्पन्नहुने गरी निर्माण कार्य अगाडी बढाउन निर्देशनदिदैं मन्त्रीअथकले गुणस्तरियताका लागि प्राविधिक पाटोलाई समेत ख्याल गर्नुपर्ने बताउनुभयो । मन्त्रालयका सचिव डा. दामोदर रेग्मी र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ सहित रंगशालाको निरिक्षणमा पुग्नु भएका मन्त्री अथकले खेलकुदलाई उद्योगको रुपमा विकास गर्नुपर्ने बताउँदै त्यसका लागि सबै खेल प्रेमीको इमान्दार प्रयासको आवश्यकता रहेको बताउनुभएको थियो । अनुगमन तथा निरक्षणका क्रममा मन्त्रीअथकले त्यहाँ अभ्यासरत खेलाडीहरुसँग भेटघाट गरी उनिहरुको हौसला समेत बढाउनुभएको थियो ।