Uncategorized
नेपालगन्ज सुर्खेतरोडका सोलार बत्ती मर्मत सोलार बत्ती मर्मत कार्य सुरु
साउन २, नेपालगन्ज ।नेपालगन्जको सुर्खेत रोडमा जडान गरिएका सोलार बत्ती मर्मत कार्य सुरु गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका कार्यालयले मर्मत कार्य सुरु गरेको हो ।विगत लामो समयदेखी अधिकांस बत्ती बल्न छाडेका थिए । उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टको निर्देशनमा सोलार बत्ती मर्मतको काम सुरु गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका क्षेत्रलाई उज्यालो सहर र हरियाली नगर बनाउने संकल्प गरेका छन् । सडकमा जडान भएका बत्ती मर्मत गरेर शहरलाई उज्यालो बनाउने उपमहानगरपालिकाको योजना छ, यसका लागि मर्मतको काम सुरु भइसकेको छ,ु विष्टले बताए ।


