Uncategorized

‘एक्सपर्ट प्यानेल’मा डा. पाण्डे मनोनित

साउन ३, नेपालगन्ज ।भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा. राजन पाण्डे सिकलसेल एनिमियाको क्लिनिकल प्रोटोकल डेभलपमेन्ट एक्सपर्ट प्यानेलमा मनोनयन हुनुभएको छ ।विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) पिइएन–प्लसको नेपालको तर्फबाट डाक्टर पाण्डे सिकलसेल एनिमियाको क्लिनिकल प्रोटोकल डेभलपमेन्ट एक्सपर्ट प्यानेलमा मनोनयन हुनुभएको हो ।विशेषगरि थारु समुदायमा देखिने सिकलसेल एनिमियाको खोज, अनुसन्धान र उपचारमा विशेष दखल राखेको भन्दै एनसिडिआई पोभर्टी कमिसन नेपालको सिफारिसमा उहाँ मनोनयन हुनुभएको हो ।‘मलाई स्वास्थ्य संगठनको पिइएन–प्लसको नेपालको तर्फबाट सिकलसेल एनिमियाको क्लिनिकल प्रोटोकल डेभलपमेन्ट एक्सपर्ट प्यानेलमा मनोनयन गर्नुभएकोमा एनसिडिआई पोभर्टी कमिसन नेपाल, प्राध्यापक डाक्टर भगवान कोइराला र इसिडिसी एनसिडी फोकल पर्सन डाक्टर फणिन्द्र प्रति विशेष आभार ब्यक्त गर्दछु,’ उहाँले आफ्नो फेसबुकमा लेख्नुभएको छ ।