कोहलपुर जेसिजले महिला सशक्तिकरण तथा घरेलु हिंसा न्यूनीकरण सम्बन्धि तालिम सुरु
साउन ३, नेपालगन्ज । कोहलपुर जेसिजले महिला सशक्तिकरण तथा घरेलु हिंसा न्यूनीकरण सम्बन्धि तालिम मंगलबारबाट सुरु गरेको छ । जेसिज सप्ताह कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम समुट्घाटन गरि जेसिज सप्ताह सुरुवात गरिएको हो ।कोहलपुर जेसिज र जुनियर जेसिजको संयुक्त आयोजनामा प्रमुख अतिथि कोहलपुर नगरपालिकाको उप–मेयर संगीता सुबेदिले पानसमा दियो बालेर कार्यक्रमको समुट्घाटन गर्नुभएको हो ।सो कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाको उपमेयर संगिता सुबेदीले कोहलपुर जेसिजले विगतबाट नै सामाजिक क्षेत्रमा धेरै कामहरू गर्दै आएको बताउनुभयो । उपमेयर सुबेदीले अबको दिनमा महिलाको नेतृत्व धेरै क्षेत्रमा हुनुपर्छ भनेर प्रोत्साहन गर्दै कोहलपुर नगरपालिकाले पनि महिलाको लागी सहज हुने किसिमको निती तथा कार्यक्रम बनाएको उपमेयर सुबेदीले बताउनुभयो ।कार्यक्रममा बोल्दै कोहलपुर जेसिज वर्ष २०२२ का अध्यक्ष इश्वर शर्माले अबका दिनमा महिलाहरु सशक्तीकरण हुनुपर्ने कुरामा जोड दिएका छन । घरेलु हिंसा न्यूनीकरण गर्नको लागी महिलाहरु सक्षम हुनुपर्ने र अबका दिनमा महिलाको नेतृत्व उच्च हुनेपर्ने बताए ।उक्त तालिमलाई प्रशिक्षक उच्च अदालत बार एसोसिएसनका सह–सचिव तथा अधिवक्ता कुस्मा सुबेदीले महिला हिंसा , घरेलु हिंसा, महिला अधिकार, सम्बन्ध बिच्छेद, मानसिक यातना, महिलाको नेतृत्व र कानुनी व्यवस्था सम्बन्धी प्रशिक्षण दिइएका थिए । कार्यक्रममा १०० जनाले प्रशिक्षण लिएको कार्यक्रम संयोजक दिपेन्द्र कठायतले जानकारी दिए ।


