निलसागरमा आश्रीत ३६ जना बालबालिकालाई स्कुल व्याग कापी हस्तान्त्रण
साउन ५, नेपालगन्ज ।नेपालगञ्जमा सामुदायिक मदरसाका विद्यार्थी र निलसागर जेष्ठ नागरिक तथा असाहे संरक्षण केन्द्रलाई सहयोग गरेको छ ।केएफसी नेपालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत नेपालका लेखा प्रमुख समेत रहेका ऋतुराज शाहको नेतृत्वमा पुगेको टिमले नेपालगञ्ज–११ मा रहेका मदरसा दारुल उलुम बरकातिया, मा.वि.मा अध्ययन गर्ने ३ सय १६ जना विद्यार्थीलाई स्कुल व्याग, कापी र निलसागरमा आश्रीत ३६ जना बालबालिकालाई स्कुल व्याग कापी हस्तान्त्रण गर्नुको साथै निलसागरमा आश्रीत १ सय ५५ जनालाई एक समयको खाना खुवाएको केएफसिका लेखा प्रमुख शाहले जानकारी दिए ।उनले केएफसी अन्तरष्ट्रिय चिकेन रेस्टुरेन्ट भएको र यसको विश्वका १ सय ३१ राष्ट्रमा सञ्जाल रहेको जानकारी दिदै देशभरी १३ वटा शाखामार्फत कारोबार गरेको बताए । यसको मुख्यालय दरबारमार्ग काठमाण्डौमा रहेको छ । नेपालगञ्जको मदरसा दारुल उलुम बरकातिया र निल सागर जेष्ठ तथा असाहे नागरिक संरक्षण केन्द्रलाई रोजेर सहयोग गरेको बताए । उनले आगामी दिनमा पनि यस्तो सहयोग जारी राख्ने प्रतिबद्धता जनाए ।नेपालगञ्जको दारुल उलुम बरकातिया माविमा एक कार्यक्रमको आयोजना गरी त्यहाँका विद्यार्थीलाई स्कुल व्याग र कापि बितरण गरिएको थियो । सो अवसरमा मदरसाका संस्थापक मौलाना अब्दुल जब्बार मञ्जरी, प्रधानाध्यापक जियाउल मुस्तफा नूरानी, नगर शिक्षा शाखाका शाखा अधिकृत लोकेन्द्र शाही, व्यवसायी जाकिर हल्वाई, फारुक, वडा अध्यक्ष तथा केएफसीका विजय शर्मा, दिपेश दाहाल, अरिन्दम घटक, हमिदुर सिद्दिकी लगायतको टिमले मदरसाका बालबालिकालाई स्कुल ब्याग र कापी वितरण गरेका थिए ।


