बाढीबाट सर्वसाधारणलाई जोगाउने प्रयाप्त पुर्वतयारी
साउन ५, नेपालगन्ज ।देशका विभिन्न स्थानमा बाढीका कारण ठूलो धनजनको क्षती भएको र बाँके समेत बाढीको उच्च जोखिममा रहेकोले जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । यसवर्ष पहिलेदेखिनै बाढीबाट सर्वसाधारणलाई जोगाउने प्रयाप्त पुर्वतयारी गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए । बाँकेका १० हजारलाई असर पर्न सक्ने आङ्कलन गर्दै मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना लागू गरिएको खत्रीले जानकारी दिए । उनका अनुसार यस वर्षको मनसुनमा विगतमा भन्दा बढी वर्षा हुनसक्ने आङ्कलनअनुसार सबै सुरक्षा निकाय र विषयगत समितिलाई तयारी अवस्थामा राखिएको छ ।बाढीजन्य विपदबाट उच्च जोखिमयुक्त क्षेत्र, परिवार संख्या र सुरक्षित स्थानको पहिचान अविलम्ब गर्ने, पालिकाभित्र भएको विपदमा प्रयोग हुने स्रोत साधन, जनशक्तिको अद्यावधिक गरी तयारी अवस्थामा राख्ने, विपद् सर्वेक्षणका लागि आवश्यक पर्ने जनशक्तिको पहिचान, लेखाजोखा तथा घरधुरी सर्वेक्षण फारम तयारी अवस्थामा राख्ने काम पूरा भएको खत्रीले बताए ।


