योजनाबद्ध तरिकाले काम आगाडी बढाउने प्रतिबद्धता
साउन ५, नेपालगन्ज ।नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा लू तातो हावा सम्बन्धी ज्ञान आदान प्रदान कार्यशालामा ‘लू’ को प्रभाव कम गर्न हरियाली आवश्यक रहेको छ ।विहीवार नेपालगंजमा आयोजित उक्त कार्यशालामा नेपालगंज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले नेपालकै सबैभन्दा बढी गर्मी हुने नेपालगंज शहरलाई हिटवेभ सम्बन्धी अध्ययन भएको र अध्ययन प्रतिवेदनको आधारमा नगरपालिकाले योजनाबद्ध तरिकाले काम आगाडी बढाउने प्रतिबद्धता जाहेर गरेका छन ।नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले हिटवेभ र सुपर कार्यक्रमको बारेमा चर्चा गर्दै समुदायको क्षमता विकासमा रेडक्रसले सहयोग गर्ने बताएका छन ।नेपाल रेडक्रस सोसाइटी विपद् तथा संकट व्यस्थापन विभागका निर्देशक विपुल न्यौपानेले हिटवेभ सम्बन्धी नेपालगंज बासीहरु संग गरिएको छलफल र नेपाल सरकारको निकायले दिएको तथ्यांकको आधारमा हिटवेभको रिर्पोट तयार भएको जानकारी दिए ।फिनिस रेडक्रसका शुष्मा श्रेष्ठले हिटवेभ अरु विपद् जस्तो तत्काल क्षति नदेखिएता पनि मानव स्वास्थ्यमा बढी असर पर्ने गरेको बताउदै विभिन्न देशमा त्यहाँका सरकार संग मिलेर रेडक्रसले हिटवेभ सम्बन्धी कार्यक्रम संचालन गरिरहेकोे बताईन ।कार्यशालामा नेरेसोले नेपालगंजलाई केन्द्रित गरी लू सम्बन्धमा गत वर्ष एक अनुसान्धानात्मक अध्ययन गरेको र उक्त अध्ययनको निष्कर्षहरु प्रस्तुत गरिएको थियो । अनुसन्धानमा नेपालगंजका उच्च तापक्रम भएका वडाहरु, लू को कारण संकटासन्न वडा एवं समूह, यसले पारेको असर तथा प्रभाव न्यनिकरणका लागि गरिएका गतिविधिहरु र आगामी दिनमा गर्न सकिने पहलहरुको बारेमा विस्तृत प्रस्तुतीकरण गरिएको थियो ।अधिकाँश व्यक्तिहरुले हिटवेभको प्रभावलाई कम गर्न स्थानीय तहले सक्रियता देखाउनु पर्ने, जलसंचय हुने पोखरी र तालहरु संरक्षण गर्नुपर्ने र खुला स्थानमा बृक्षारोपण गरी हरियाली गर्नुपर्ने कुरामा जोड दिएका छन् । नेपाल रेडक्रसले नमुनाका रुपमा नेपालगंजमा संचालन गरिरहेको हिटवेभ प्रतिकार्य कार्यक्रमबाट जनचेतनामुलक गतिविधि संचालन भएको बताइएको छ ।कार्यक्रममा परामर्शकर्ता आश्मा सुवेदीले अध्ययन प्रतिवेदन र युनिसेफका नरेश निदालले शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाको समुुदाय स्तरको अध्ययन प्रतिवेदन र हाइड्रोलोजिकल सम्बन्धी प्रस्तुत गरेकी थिइन ।


