एक दिने क्षमता अभिबृद्धी तालिम
साउन ६, नेपालगन्ज ।
बाल संरक्षण तथा लैंगिक हिंसा न्यूनीकरणका बिषयमा साझाँधारणाका साथ अगाडी बढ्नुपर्ने सुदुरपश्चिम प्रदेश सामाजिक विकास राज्यमन्त्री माननीय टेक बहादुर रैकाले जोड दिएका छन् ।
युनिसेफ नेपालको सहयोगमा बास नेपालद्धारा शुक्रबार धनगढीमा आयोजित स्थानीय तहका शिक्षा, स्वास्थ्य र महिला तथा बालवालिका शाखा प्रमुखको सहभागिता रहेको एक दिने क्षमता अभिबृद्धी तालिमको उद्घाटन सत्रमा मन्त्री रैकाले यस्तो जनाएकाहुन् । हिंसा रहित समाज निर्माणका लागि मन्त्रालयले योजनाका साथ काम गरिरहेको भन्दै सबै सरोकारवालाहरु एकजुट भएर लाग्नुपर्ने उनले बताए । प्रचार प्रसार तथा ब्यवहार परिवर्तनमा गैर सरकारी संस्थाहरुको भूमिका निकै महत्वपूर्ण रहेको उनको भनाई थियो ।
यस्तै तालिमको उद्घाटन सत्रमा बोल्दै जिल्ला स्वास्थ्य समन्वय समिति कैलालीका प्रमुख लाल बहादुर धामीले स्वास्थ्य, शिक्षा र महिलात थाबालवालिका शाखालाई एकै ठाँउमा राखेर गरिएको तालिम उपलब्धी पूर्ण हुने विश्वास ब्यक्त गरे । कोभिड १९ खोप लगाउने सम्बन्धमा कैलालीमा उत्कृष्ट काम भईहरको भन्दै अहिलेको अवस्थामा प्राथमिताका साथखोप लगाउने भूमिका निर्वाह गर्न उनले सबैलाई अपिल गरेका छन् । बाल संरक्षण कार्यक्रम संयोजक हेमराज भट्टले संस्थाको बारेमा जानकारी तथा कार्यक्रमको उद्धेश्य माथि प्रकाश पारेको उद्घाटन सत्रमा स्वागत बासका मनोसामाजिक कार्यकर्ता गंगा भण्डारीले गरेका थिए भने कार्यक्रमको सहजिकरण बास कैलाली जिल्ला सहजकर्ता तेज बोहराले गरेका थिए । बाल संरक्षण प्रबद्र्धन, लैंगिक हिंसा न्यूनीकरण र बालवालिका बिरुद्ध हुने हिंसाको दस्ताबेजीकरणका विभिन्न बिषयमा सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखाका महिला विकास अधिकृत जयन्ती गिरीले तालिमको सहजिकरण गरेका थिए ।
तालिममा सहभागि शाखा प्रमुखहरुले आफ्नो पालिकाको तथ्यांक संकलन, दस्ताबेजीकरण गर्दै बाल संरक्षण र लैंगिक हिंसा न्यूनीकरण गर्न आवश्यककार्यहरु गर्ने प्रतिबद्धता गरेका छन् । क्षमता अभिबृद्धी तालिमबाट केहीनयाँ कुराको अपडेट भएकोभन्दै यस्ता तालिमहरुले पालिकाको योजना निर्माण तथा कार्यान्वयनमा सहजता ल्याउने उनीहरुको भनाई थियो ।तालिममा स्थानिय तहमा वाल संरक्षण अन्तरगत पालिकाहरुले तत्काल गर्नुपर्ने कार्यहरुका बिषयमा सामुहिक छलफल गरिएको थियो । तालिममा कैलाली जिल्लाका १३ ओटै स्थानीय तहहरुका शिक्षा, स्वास्थ्य र महिला तथा बालवालिका शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।


