Uncategorized

मंगल प्रसाद महिला कलेजमा वृक्षारोपण कार्यक्रम

साउन ७, नेपालगन्ज ।

नेपालगञ्ज उपमहानगरपालिका वडा न. ८ मा रहेको मंगल माबिको प्राङ्गणमा अवस्थित मंगल प्रसाद महिला कलेजमा शनिबार वृक्षारोपण गरेको छ । क्लिन नेपालगञ्ज ग्रिन नेपालगञ्जका संयोजक डा. विनोद कर्णको संयोजकत्वमा महिला कलेज ब्यवस्थापन समिति, प्राचार्य रबिन्द्र कर्ण, नगरका वातावरण प्रेमी शुभेच्छुक तथा नेपालगञ्ज ग्यालरीको टिम लगायतको उपस्थितिमा वृक्षारोपण कार्यक्रम गरिएको हो । अभियानको १९६ औ हप्ताको कार्यक्रम अन्तर्गत छैठौ चरणको बृक्षारोपणमा गुलमोहर, नीम, कपूर, छतिवन, शितलचिनी र बेल जातका २४ वटा बिरुवाहरु लगाईएको छ ।