Uncategorized

राजापुर नगरको बजेट १ अर्ब ३ करोड भन्दा बढी

साउन ८, बर्दिया । राजापुर नगरपालिकाको नवौँ नगरसभाले रु एक अर्ब तीन करोड ७४ लाख ५३ हजारको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाका उपप्रमुख मनकला कुमारी चौधरीले आइतबारको नगरसभामा आव २०७९।८० का लागि बजेट प्रस्तुत गर्नुभएको हो । बजेटले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको उपप्रमुख चौधरीले बताउनुभयो । शिक्षाका लागि रु ७ करोड ९ लाख विनियोजन गरिएको छ । भौतिक पूर्वाधारको विकास, युवालाई तालिम, कृषि एम्बुलेन्स, पशुबाली बिमा, तरकारी सङ्कलन केन्द्र, कोल्डस्टोर, विशेषज्ञ डा, द्वन्द्वपीडितलाई तालिम, बेपत्ताका पत्नीलाई सामाजिक सुरक्षाभत्ता, सबै स्थानीय कर्मचारी र नगर शिक्षकको तलव बृद्धि, कल्याण कोषजस्ता कार्यक्रमका लागि पर्याप्त बजेट विनियोजन गरिएको छ । नगरप्रमुख दीपेश थारुको अध्यक्षता सम्पन्न गरेको छ ।