नेपालगन्ज वडा , न १ मा विकासको कामले तिब्रता
साउन ९, नेपालगन्ज ।नेपालगन्ज उप–महानगरपालिका वडा न १ मा सडक कालोपत्रेदेखि वाटर पार्क निमार्णसम्मको काम वडा कार्यालय मार्फत भएको छ । वाटर पार्क पर्यटकीय क्षेत्रका रुपमा विकास भएको छ । नेपालगन्ज वडा १ का सचिव नोवेल घर्तिका अनुसार सडक सन्जाल बिस्तारसंगै वडाभित्रका धेरै जस्तो टोलमा कालोपत्रे सडक निमार्ण भएको छ । नालिसहितको ७० देखी ८० प्रतिशत सकिएको उनले बताए ।वि,स २०७४ सालमा भएको लोकतान्त्रि विधिको निर्वाचानपछि गठन भएको स्थानीय सरकार अन्र्तगत
पाएको हो । कार्यालयले सेवा प्रवाहको अवस्था परिर्वतन , विकासमा प्रयास तथा थप अन्य बिषय बस्तुलाई समेटेर काम गरेको छ । निर्वाचित जनप्रतिधिको राजनितिक सुझबुझ र सकरात्मक सोच तथा प्रतिबद्धता अनुरुप नीति, योजना कार्यक्रम निर्माण तथा कार्यन्वयनमा जोड दिइएको छ । वडाका कर्मचारीको लगनशिलताका कारण नेपालगन्ज २३ वटा वडा मध्ये वडा , न १ नमुनाको रुपमा विकास भएको छ । नेपालगन्ज उपमहानरपालिका वडा ,न १ ले सेवाग्राहीको भावना अनुसार काम गर्दै आएको वडा न , १ का वडा सचिव घर्ति ले जानकारि दिए ।


