Uncategorized

बाँके युनेस्को क्लबद्धारा तीन महिने कटाई सिलाई तालिम सुरु

साउन ९, नेपालगन्ज । बाँके युनेस्को क्लबले कतार च्यारेटीको आर्थिक सहयोगमा तीन महिने कटाई सिलाई तालिम सुरु गरेको छ ।नेपालगञ्जका २० जना लागि क्लवले अति विपन्न र एकल महिलाको आयआर्जनका लागि सञ्चालन गरेको आर्थिक सशक्तिकरणका लागि साना तथा मझौला उद्यम विकास परियोजना अन्तर्गत ३ महिने कटाई सिलाई तालिम आयोजना गरेको हो । एक समारोहका विच नफुकनका मानार्थ अध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका सदस्य हरिवंश किरात, नफुकनका मानार्थ उपाध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका सदस्य दिपक सरकार र बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले तालिमको संयुक्त रुपमा उद्घाटन गरेका हुन ।

नफुकनका मानार्थ अध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका सदस्य किरातले कटाई सिलाई तालिम लिएर त्यसलाई व्यवसायिक रुपमा अंगालेमा सानो समयमै आर्थिक समस्या समाधान हुने बताए ।उनले यो तालिमले २० परिवारको आर्थिक अवस्था सुधारेर घर परिवार चलाउन सहज बनाउने पनि विश्वास व्यक्त गरे ।नफुकनका मानार्थ उपाध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका सदस्य दिपकले आयआर्जन हुने यस्ता तालिमले धेरैको जिवनस्तरमा परिवर्तन ल्याएको बताए । क्लबका प्रमुख संरक्षक सिद्दिकीले सहभागिलाई राम्ररी तालिम लिन आग्रह गर्दै यसलाई जिवन परिवर्तनको माध्याम बनाउनुपर्नेमा जोड दिए । सो अवसरमा बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधर, कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी, वित्तिय प्रमुख वेद पंगाली र कार्यक्रम अधिकृत गुलाम गौस लगायतको उपस्थिति रहेको थियो ।