Uncategorized
बाँकेमा बालबालिकालाई फाइजरको दोस्रो मात्रा लगाउन शुरु
साउन १०, नेपालगन्ज ।बाँकेमा मंगलवारदेखि ५ देखि ११ वर्षसम्म उमेर समूहका बालबालिकालाई फाइजर खोपको दोस्रो मात्रा लगाउन शुरु गरिएको छ ।आजदेखि फाइजरको दोस्रो मात्रा लगाउन शुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत नरेश श्रेष्ठले जानकारी दिए ।बाँकेमा ७६ हजार बढी बालबालिकालाई खोपको दोस्रोमात्रा लगाइने स्वास्थ्य कार्यालयका खोप फोकलपर्सन श्रेष्ठले बताए ।नेपालगञ्ज, जानकी, बैजनाथ, डुडुवा, राप्तीसोनारी र नरैनापुरमा कोरोना विरुद्धको दोस्रो डोज खोप लगाउन शुरु गरिएको छ ।


