Uncategorized

भेरी अस्पतालले १३२ औं वार्षिक उत्सव मनाउँदै

साउन १२, नेपालगन्ज । नेपालगन्जस्थित भेरी अस्पतालले बिहीबार आफ्नो वार्षिक उत्सव मनाउँदैछ । अस्पताल विकास समितिको आयोजनामा दिउँसो १ बजे एक कार्यक्रमका बीच १३२ औं वार्षिक उत्सव मनाउन लागिएको हो ।अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठका अनुसार वार्षिक उत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । वार्षिक उत्सवको अवसरमा विविध कार्यक्रम गरिदैछ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा। बद्री चापागाईले वार्षिक उत्सवको अवसरमा विविध कार्यक्रम गर्न लागिएको बताएका छन् ।