Uncategorized

नेपाली कांग्रेस बाँकेले नेपाल प्रेस युनियनको नवनिर्वाचित कार्यसमितिलाई बधाई

साउन १२, नेपालगन्ज । नेपाली कांग्रेस बाँकेले नेपाल प्रेस युनियनको नवनिर्वाचित कार्यसमितिलाई बधाई दिएको छ । सभापति नारायणप्रसाद गौडेलले विहीबार एक बधाई सन्देश दिँदै नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको हेटौंडामा हालै सम्पन्न नवौं महाधिवेशनबाट नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई ज्ञापन गरेका हुन् । गौडेलले साउन ६ र ७ गते भएको महाधिवेशनबाट अध्यक्षमा निर्वाचित अध्यक्ष शिव लम्साल लगायत सम्पूर्ण पदाधिकारी, केन्द्रीय सदस्य, लेखा समिति संयोजक, लेखा समिति सदस्यहरु तथा बाँकेबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित प्रेम केसी एवम् केन्द्रीय सदस्यद्वय कमला हमाल र शोभा केसीलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त गरेका छन् ।सभापति गौडेलले नयाँ कार्यसमितिले नेपाल प्रेस युनियनलाई अझ नयाँ उचाईमा पुर्याउन सशक्त भूमिका खेल्ने विश्वास ब्यक्त गरेका छन् । उनले बधाई सन्देशमा भनेका छन्(ूश्रमजिवी पत्रकारहरुका पक्षमा आवाज बुलन्द पार्दै संगठनलाई सशक्त, गतिशील र चलायमान बनाउने दिशामा नयाँ कार्यसमिति प्रखर ढंगले लाग्ने विश्वास समेत लिएका छौँ ।