Uncategorized			
		
		मेडिकल कलेजको छात्रबासमा बैश्य झुण्डिएको अवस्थामा फेला
 
			भदौँ ०२ नेपालगन्ज,
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा अध्यनरत एक छात्र बिहीबार बिहान छात्रबासमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।
मेडिकल कलेजमा एमबीबीएस दोस्रो वर्षमा अध्यनरत रहेका सिद्धार्थ बैश्य झुण्डिएको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर परिसरमा नै रहेको छात्रबासमा बैश्य झुण्डिएको अवस्थामा बिहीबार बिहान ८ बजे फेला परेको र यसबारे थप अनुसन्धान अगाडि बढाइएको कोहलपुरका डीएसपी ऐनबहादुर मल्लले जानकारी दिए ।
नेपालगञ्ज रानितलाउ स्थायी बासिन्दा रहेका मृतक बैश्यले कोठाबाट प्रहरीले सुसाईड नोट समेत भेटेको जनाएको छ । मृतकको शव पोष्टमार्टमको लागि भेरी अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।


 
				 
  
                 
                 
                 
                