Uncategorized

कवाड माल सामान ब्यवसायी संघ बाँकेले  विरामीहरुलाई फलफुल बितरण

भदौँ ०२ नेपालगन्ज,

 

 

कवाड माल सामान ब्यवसायी संघ बाँकेले बिहिवार नेपालगञ्ज भेरी अस्पतालमा रहेका विरामीहरुलाई फलफुल बितरण गरेको छ । कवाड ब्यवसायीहरुले आर्थिक संकलन गरि अस्पतालमा रहेका विरामीहरुलाई फलफुल वितरण गरेका हुन । अस्पतालमा रहेका करिब १ सय जना विरामीलाई फलफुल सहयोग गरिएको संघका अध्यक्ष मोहम्मद उमर कवाडीले बताए ।

संघका लुम्विनी, कर्णाली तथा सुदुरपश्चिम संयोजक चन्दनकुमार शाहले संघ बिधिवत दर्ता भएको अवसर पारेर अस्पतालमा रहेका विरामीहरुलाई फलफुल सहयोग गरिएको बताउनुभयो ।यसैगरी संघको पहलमा ब्यवसायी श्याम जायसवालले अस्पताल मा विरामी र कुरुवालाई न्यूनतम मुल्यमा खाना खुवाउँदै आएको अञ्जनी माता रसोईलाई ५ बोरा चामल सहित अन्य आवश्यक खाद्यान्न सहयोग गर्नुभएको छ ।

राजनीति

वार्ता र संवादबाट समस्याकाे समाधान निकाल्न मुख्यमन्त्री आचार्यको आग्रह

दाङ १२ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द