पल्सर एनएस १२५ सिसिको मोटरसाइकल नेपालगञ्ज
नेपालगञ्ज, असोज ०१।
नेपालगन्ज बाँकेमा बजाज कम्पनीको उत्पादन पल्सर एनएस १२५ सिसिको नयाँ मोडलको स्र्पोटस् मोटरसाइकल आइपुगेको छ । शनिवार एक पत्रकार सम्मेलन मार्फत १२५ सिसिको पल्सर एनएस नेपालगञ्जमा आइपुगेको सार्वजनिक गरिएको छ ।बजाज मोटरसाइकलको आधिकारिक विक्रेता नेपालगञ्ज स्थित रहेको बजाज सोरुमले शनिवार विश्वकर्मा पूजाको अवसरमा एक कार्यक्रम बीच पल्सर बिएससिक्स मोडल मोटरसाइकलको विस्तृतमा जानकारी गराएको छ ।देशभरका शोरुममा उक्त नयाँ मोडेलको मोटरसाईकल ल्याईए लगत्तै प्रेस सम्मेलन मार्फत सार्वजनिक गर्दै आईरहेको बरिष्ठ क्षेत्रीय अधिकारी कपिल बोकटीले नयाँ प्रदेशलाई जानकारी दिए ।
मोटरसाइकलको बजार मुल्य २ लाख ७९ हजार ९ सय रहेको छ र चार कलरमा वाईक वजार आएको उनले जानकारी दिए ।दशै तिहारलाई लक्षित गरेर ल्याइएको उक्त मोटरसाईकलले ६० प्लसको माइलेज दिनुका साथै प्रयोगकर्तालाई नयाँ जोस र नयाँ अनुभूति प्रदान गर्ने समेत बताइएको छ ।क्षेत्रीय अधिकारी बोकटीले मोटरसाइकल बारे थप जानकारी गराउदै भने, ‘अहिले देशको आर्थिक स्थिति नाजुक हुदैँ गईरहेको छ र अर्को तिर इधनको मुल्य पनि उकालो लाग्दै गइरहेको हुनले बजारलाई मध्यनजर गर्दै १२५ सि.सि. को उक्त मोटरसाइकल नेपालमा भित्र्याएको हो ।’उक्त मोटरसाईकल नेपालगञ्जवासीहरु माझ आधिकारिक रुपमा भोलि एक कार्यक्रम बीच सार्वजनिक गरिने कार्यक्रम तय भएको समेत जनाईको छ । आइतबार साझँ ५ बजे बागेश्वरी मन्दिरको पार्कमा गायक प्रमोद खरेल, हास्या कलाकार सुमन कार्की, गायीका टिका प्रसायी लगायतको प्रस्तुतिका साथ मोटरसाईकल सार्वजनिक गरिने क्षेत्रीय अधिकारी बोकटीले जानकारी दिए ।
उनका अनुसार १२५ मोडेलको यो मोटरसाईकल देखिनमा स्र्पोटस, युवाहरुलाई एकदमै मन पर्ने भएकोले यो प्रस्तुत गर्न लागिएको हो । यो मोटरसाईकलमा ५ वटा गियर र दुई वटा सिलेन्डर रहेको छ । यसको तौल १ सय ४१ केजि रहेको छ भने अगाडिको पाग्रांमा डिस र पछाडीकोमा ड्रम बे्रक रहेको बताइएको छ ।


