Uncategorized

डुडुवाको प्रमुख प्रशासकिय अधिकृतमा पौडेल

बाँके ४ असोज । बाँके डुडुवा गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा कृष्णप्रसाद पौडेल आउनु भएको छ । लामो समयदेखि रिक्त रहेको उक्त पदमा नयाँ आउनु भएका प्रमुख प्रशासकिय अधिकृत पौडेलले आजदेखि कार्यालयको प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु भएको छ । मंगलबार एक कार्यक्रमका विच गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, लेखा प्रमुख रामबहादुर केसी लगायत कर्मचारीले स्वागत गरेका छन ।

यस अघिका प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायको अन्यत्र सरुवा भएपछि रिक्त रहेको उक्त पदमा नयाँ प्रमुख प्रशासकिय अधिकृतमा पौडेल आउनु भएको हो ।कार्यालयको जिम्मेवारी सम्हाल्दै पौडेलले कानूनले दिएको अधिकारभित्र रहेर आफनो जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता गर्दै दैनिक प्रशासनका काम कारवाही प्रक्रिया अघि बढाउने बताउनुभयो । पौडेल यस भन्दा अघि जिल्ला प्रशासन कार्यालय बाँकेमा प्रशासकिय अधिकृत र बाणिज्य कार्यालयका प्रमुखको जिम्मेवारीमा रहनुभएको थियो ।

 

राजनीति

वार्ता र संवादबाट समस्याकाे समाधान निकाल्न मुख्यमन्त्री आचार्यको आग्रह

दाङ १२ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द