Uncategorized

लेनदेन मुद्दाको फरार प्रतिवादी खटिक पक्राउ

बाँके ६ असोज ।

बाँके प्रहरीले लेनदेन मुद्दाको फरार प्रतिवादीलाई पक्राउ गरिएको हो ।सम्मानित बाँके जिल्ला अदालतको मिति २०७९।०५।१० गतेको फैसलाले जिल्ला बाँके खजुरा गा.पा. ५ बस्ने वर्ष ५० को तुलसीराम खटिकलाई लेनदेन मुद्दामा ६ महिना कैद सजाय तोकिएको थियो । निज हालसम्म फरार रहेको हुँदा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले विहीबार पक्राउ गरी सम्मानित बाँके जिल्ला अदालतमा बुझाईएको छ ।