Uncategorized
बाल यौन दुरुपयोग मुद्दाको फरार प्रतिवादी खत्री पक्राउ
बाँके ६ असोज ।
बाँके प्रहरीले बाल यौन दुरुपयोग मुद्दाको फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । सम्मानित बाँके जिल्ला अदालतको मिति २०७५।११।०२ गतेको फैसलाले जिल्ला बाँके कोहलपुर न.पा.११ बस्ने वर्ष ३१ को प्रकाश खत्रीलाई बालयौन दुरुपयोग मुद्दामा ९ महिना १४ दिन कैद सजाय तोकिएको थियो । निज हालसम्म फरार रहेको यस कार्यालयबाट खटिएको प्रहरी टोलीले आज निजलाई पक्राउ गरी सम्मानित बाँके जिल्ला अदालतमा बुझाईएको छ ।


