उज्यालो डिजिटल सिंगिङ्ग आइडल सञ्चालन हुने
बाँके ८ असोज ।
उज्यालो मिशन मिडिया प्रा.लि. बाँकेले नेपालगन्जमा दशैँ तिहारको अवसरमा नेपालगञ्जमा डिजिटल सिंगिङ्ग आइडल सञ्चालन गर्ने भएको छ ।
पश्चिम नेपाललाई संगीतमय बनाउन लगायत क्षमतावान प्रतिभाहरुलाई अवसर दिन र यहाँका नयाँ प्रतिभाहरुलाई विश्वभर सुनाउन कार्यक्रमको आयोजना गर्न लागको उज्यालो मिशन मिडिया प्रा.लि.का सञ्चालक बिपिन खड्काले बताएका छन् ।फरक शैली र सरल रुपमा पश्चिम नेपालका नयाँ आवाजहरु सहभागी गराई डिजिटल माध्ययमबाट प्रतिस्पर्धा गराउन लागिएको सञ्चालक खड्काले जानकारी दिएका छन् ।
प्रतियोगिता पूर्ण रुपमा डिजिटल माध्ययमबाट हुने र बिजेता हुने आइडललाई १ लाख रुपैयाँ बराबरको गीत रेकर्डिङ्ग तथा भिडियो निर्माण गरी दिने साथै आइडललाई आयोजकले आइडल ट्रफी, प्रमाणपत्रको व्यवस्था गरिएको छ ।
डिजिटल सिंगिङ्ग आइडलका लागि फारामसँगै अडिशन सुरु भइरहेको खड्काले बताएका छन् । जाजरकोट, दैलेख, बर्दिया, सुर्खेत दाङ्ग, कैलालीबाट प्रतियोगीहरु सहभागी भइरहेको बताइएको छ । फारम भर्ने र अडिशन दिने अन्तिम मिति यही १५ गतेसम्म रहेको छ, भने ग्राण्ड फिनाले दशैँ र तिहारको बीचमा गरिने छ ।
उज्यालो मिशन मिडियाको आफ्नै गीत रेकर्डिङ्ग स्टुडियोमा प्रतिस्पर्धीले आफ्नो आवाजमा गीत रेकर्डिङ्ग गर्ने र मिडियाकै टेलिभिजन सेटमा भिडियो सुटिङ्ग गरी अडिशन लिने व्यवस्था गरिएको छ ।
टाढाबाट आउने प्रतिस्पर्धीहरुले फाराम भरैकै दिन अडिशन दिने व्यवस्था गरिएको छ । प्रतिस्पर्धी सबैको अडियो भिडियो तयार गरेर प्रायोजकहरुको विज्ञापन समावेश गरी एउटै समयमा बिश्वभर प्रशारण गर्ने र दर्शक तथा स्रोताहरुलाई आइडल छान्ने अधिकारको वयवस्था गरिने छ ।
राष्ट्रि यस्तरका चर्चिक गायक एवम् संगीतकर्मीहरुको उपस्थिति रहने फिनालेमा अनलाइन माध्यमबाट छनोटमा परेका टप १० प्रतिस्पर्धी सहभागी हुने छन् ।
आइडलको अन्तमा ग्राण्ड फिनालेमा कार्यक्रम भव्य रुपमा गरिने छ ।


