Uncategorized

सनराईज बैंकले बागेश्वरी मन्दिरलाई फोहोर फाल्ने भाडा हस्तान्तरण

बाँके ८ असोज ।

सनराईज बैंकको १५ औँ स्थापना दिवसको अवसरमा बागेश्वरी मन्दिरलाई १० वटा फोहोर फाल्ने भाँडा हस्तान्तरण गर्दै सरसफाई गरिएको छ ।
प्रसिद्ध शक्तिपीठको रुपमा रहेको बागेश्वरी मन्दिरमा शनिबार बिहान सरसफाई गरिएसँगै बैंकका नेपालगन्ज शाखा प्रमुख हरिहर सुवेदीले मन्दिरलाई ती फोहोर फाल्ने भाँडा हस्तान्तरण गरेका हुन् ।
सरसफाईमा बैंकका नेपालगन्ज र कोहलपुर शाखाका कर्मचारीको उपस्थिति रहेको कर्जा उप–प्रमुख गोपाल ओलीले बताएका छन् ।