Uncategorized
व्यापारीले जमुनाहा नाकामा सचेतना कार्यक्रम सम्पन्न
बाँके ८ असोज ।
नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेले शनिबार सीमा नाका जमुनाहामा उपभोक्तामा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।नेपाली उपभोक्ता भारतीय बजार रुपईडिहा, बहराईचमा अत्यधिक मात्रामा किनमेल गर्न जादाँ स्वदेशी व्यापार धराशायी बनेको भन्दै संघले उक्त चेतना कार्यक्रम गरिएको हो । नेपालगन्जमै गुणस्तरीय सामान पाइने, स्वदेशमै कमाएर स्वदेशमै खर्च गर्नु पर्ने, सीमावारीको बजार प्रवद्र्धन गर्नु पर्ने जस्ता प्लेकार्ड बोकेर चेतना कार्यक्रम गरेका छन् ।
नेपालबाट भारतीय बजार जाँदै गरेका उपभोक्ता र भारतबाट किनमेल गरेर फर्किने उपभोक्तालाई यहाँका उद्योगी, व्यवसायीले स्वदेशमै सामान किनमेल गर्न आग्रह गरेका थिए ।


