चर्को ब्याजलाई लिएर अर्थ मन्त्री शर्मासग व्यवसायीले भेटघाट
बाँके ८ असोज ।
चर्को बैंकिङ ब्याज विरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएका नेपालगन्जका व्यवसायीले शनिबार अर्थ मन्त्री जनार्दन शर्मालाई भेटेर आफ्ना समस्या सुनाएका छन् ।
आन्दोलनमै रहेका व्यवसायले अर्थ मन्त्री शर्मालाई नेपालगन्जमा भेट गर्दै भेटेर आफ्ना समस्या सुनाएका हुन ।
अर्थ मन्त्रीका प्रेस विज्ञ वरिष्ठ पत्रकार मनऋषि धितालले व्यवसायीका समस्याका बारेमा अर्थमन्त्री गम्भीर रहेकाले समस्या समाधानका लागि तत्कालै सरोकावाला निकायसँग छलफल गरेर समाधानको उपाय खोज्न लागेको बताएका छन् ।
अर्थ मन्त्री शर्माले देशभरबाट समस्या आएको भन्दै काठमाडौं गएर सम्भवत आज नै सरोकारवाला निकायसँग बसेर समस्या समाधानको पहल गर्ने वचन दिएका छन् ।
नीजि क्षेत्रको समस्याका बारेमा आफू जानकार र गम्भीर रहेको उल्लेख गर्दै अर्थ मन्त्री शर्माले भने ‘ठाउँ–ठाउँबाट गुनासाहरु आएका छन् । काठमाण्डौ गएपछि सम्बन्धित सबै निकायसँग बसेर समाधानको बाटो खोज्छु ।
नेपालगनज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको नेतृत्वको टोलीले अर्थ मन्त्री शर्मालाई भेटेर नीजि क्षेत्रले हाल भोगिरहेको ब्याजदर लगायतका समाधान गर्नको लागि ज्ञापनपत्र बुझाएको महासचिव चिरञ्जीवी ओलीले जानकारी दिएका छन् ।
संघले चर्को ब्याजदर विरुद्ध र अवैध आयात विरुद्ध आन्दोलन गर्दै आएको छ ।


