Uncategorized

नेपालगन्ज ४ द्वारा सल्यानी बंगलासगै एबीसी टोलमा सरसफाई

बाँके ८ असोज ।

नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर ४ बाँकले शनिबार बिहान सल्यानी बंगला लगाएत एबीसी टोलमा सरसफाई गरिएको छ ।
एघारौँ हप्तामा पनि सरसफाई अभियानलाई निरन्तरता दिएइएको उक्त सरसफाई अभियानमा वडा अध्यक्ष, सदस्य, वडाका अगुवा, टोलबासी मिलेर सरसफाई गरेका हुन् ।
नाला र सडकको फोहर संकलन गरेर ट्याक्टर मार्फत् विसर्जन गर्ने गरिएको छ । वडालाई सफा, स्वच्छ र हराभरा बनाउने उद्देश्य अनुरुप हरेक हप्ता वडाका विभिन्न टोलहरु सरसफाई गर्ने कार्यक्रममलाई विशेष अभियानका रुपमा चलाइएको वडा अध्यक्ष गोपाल पुनले बताएका छन् ।
स्वास्थ्य र सरसफाईलाई वडाले विशेष प्राथमिकता दिइरहेको छ, आफ्नो घर टोल सफा गर्ने कामको सुरुवात आफैबाट गर्नु पर्दछ, भन्ने सन्देश दिन हामीले प्रत्येक शनिबार विशेष सरसफाई अभियान चलाइरहेका छौँ, वडा अध्यक्ष पुनले भने ‘जनचेतना जगाउँदै टोलबासीलाई सरसफाईप्रति जागरुक गर्ने हाम्रो उद्देश्य हो ।
वडामा टोल सुधार समितिहरु गठन गर्ने कामको सुरुवात गरेको जानकारी गराउँदै विभिन्न २० वटा टोल सुधार समिति गठन गर्ने लक्ष्य राखिएको छ ।
अहिलेसम्म ५ वटा टोल सुधार समिति गठन गरिसकेका छ । सबै गठन गरेर टोलसुधार समितिलाई सरसफाई अभियानमा क्रियाशील बनाउँछौँ, उत्कृष्ट कार्य गर्नेहरुलाई सम्मान पनि गर्छौँ ।’