Uncategorized

भेरी अस्पताल विकास समितिका अध्यक्षद्वारा निरिक्षण

बाँके ९ असोज ।

भेरी अस्पताल विकास समितिका अध्यक्ष शकील अहमद जसगढले आइतबार भेरी अस्पतालको निरिक्षण गर्नु भएको छ ।अस्पतालको विभिन्न सेवाका साथै अस्पतालको आईसीसु, डायलेसिस, एनआईसीयु, न्युरो, पेइंग, जनरल तथा इमर्जेन्सी विभागको निरिक्षण गर्नु भएको छ । निरिक्षणको क्रममा अस्पताल विकास समितिका सदस्य कृष्ण प्रसाद श्रेष्ठको पनि सहभागिता रहेको थियो ।निरिक्षणका दौरानमा अस्पतालले दिंदै आएको सेवा सुविधाको बारेमा विभिन्न विभागका डाक्टर, विभाग प्रमुख, बिरामी तथा बिरामीका कुरुवाहरुसँग अस्पतालले दिंदै आएको सेवा सुविधाको बारेमा कुराकानी गर्नु भएको छ । जसगढले अस्पतालले दिंदै आईरहेको सेवा सुविधालाई अझ चुस्त दुरुस्त तरिकाले सेवा प्रदान गर्न विभिन्न वार्डहरुमा निर्देशन दिनु भएको छ ।निरिक्षणको क्रममा वार्ड प्रमुखहरुको समस्या तथा वार्डमा चाहिने थप उपकरण तथा जनशक्तिको बारेमा अध्यक्ष जसगढ तथा सदस्य श्रेष्ठले चासोका साथ जानकारी लिनु भएको छ ।
विभिन्न वार्डहरुमा रहेका केही समस्याहरुलाई चाँडै समाधान गरिने पनि अध्यक्षले वार्ड प्रमुख तथा डाक्टरहरुलाई आश्वासन दिनु भएको छ ।