Uncategorized

बास नेपालको केन्द्रीय कार्यालय भवन शिलन्यास सम्पन्न

बाँके १० असोज ।

बास नेपाल केन्द्रीय कार्यालय भवनको शिलन्यास गरिएको छ । नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १८ भुजई गाँउमा स्थानीय जग्गादाता माधव राम बर्माले संस्थालाई जग्गादान गरेपछि उक्त स्थानमा बासले केन्द्रीय कार्यालय भवन निर्माण गर्न लागेको हो ।
घटस्थापनाको शुभ साईतमा सोमबार बिहान ठिक ९ बजेर ३४ मिनेटमा नेपालगन्ज उपद्दमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्ट, पूर्ब नगर प्रमुख डा. धवल शम्शेर राणा, बासका केन्द्रीय अध्यक्ष लुना बुढाथोकी र बास केन्द्रीय कार्यालय भवन निर्माण समिति संयोजक तथा बासका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्माले संयुत्त रुपमा पुजा गरी भवन शिलन्यास गरेका हुन् । बासका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीको अध्यक्षता, नेपालगन्ज उप–महानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टको प्रमुख आतिथ्यतामा भएको शिलन्यास कार्यक्रममा बोल्दै नगर प्रमुख बिष्टले एक असल संस्थाले कार्यालय भवन निर्माण गर्न लागेको भन्दै शुभकामना ब्यक्त गरे । सिंगो देशका लागि भ्रष्टाचार ठुलो चुनौतीको रुपमा अगाडी बढीरहेको अवस्थामा भ्रष्टाचार बिरोधी आवाज थप बुलन्द पार्न जरुरी रहेको बताए । भ्रष्टाचारीलाइ सामाजिक बहिष्कार गर्ने अभियान थाल्नु पर्नेमा उनको जोड थियो । बासको कार्यालय भवन निर्माणले सहयोग तथा सहकार्य गर्ने उनले प्रतिबद्धता गरे । यसैगरी कार्यक्रममा बोल्दै नेपालगन्ज उम–पहानगरपालिकाका पूर्ब नगर प्रमुख डा. धवल शम्शेर राणाले लामो समय देखि सुशासनका पक्षमाकाम गर्ने संस्थाले आफ्नै भवन बनाउन लागेकोमा खुसी लागेको बताए ।

बासको अभियान युवाहरुका लागि उपलब्धी पूर्ण रहेको भन्दै भ्रष्टाचार गर्ने ब्यक्तिलाई सामाजिक बहिष्कार गर्न सबैलाई अपिल गरे । यसैगरी कार्यक्रमका अतिथि निमित्त प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसीले शुभकामना मन्तब्य राखेका थिए । यसैगरी कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासँघका पूर्ब केन्द्रीय सदस्य झलक गैरेले बासको भवन शिलन्यासको अवसरमा शुभकामना ब्यक्त गरे । संस्थागत अभ्यासको विउ कार्यालय भवन भएकाले भ्रष्टाचार बिरुद्धको अभियानमा थप बल पुग्ने बताए ।

कार्यालय निर्माणले आफ्नो तर्फबाट हुने सहयोगका लागि तयार रहेको उनको प्रतिबद्धता थियो । कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय उपाध्यक्ष निरज गौतम, नेपाल पत्रकार महासँघ बाँकेका सचिब कमल डांगी, बिग्रुपका अधयक्ष टेक बहादुर पुन लगायतले शुभकामना मन्तव्य राखेका थिए ।बासका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्माले सञ्चालन गरेको कार्यक्रममा स्वागत तथा कार्यक्रमको उद्धेश्य माथि प्रकाश पार्दै बासका कार्यकारी निर्देशक नमस्कार शाहले सानो समुहबाट शुरु भएको संस्था यहाँ सम्म आपुग्दा सम्म थुप्रै चुनौँतीहरुको सामना गरेको स्मरण गर्दै कार्यालय भवनको शिलन्यासबाट संस्थागत सुदृढीकरणको सपना पुरा गरेको बताए ।

एक बर्ष भित्रकार्यालय भवन सञ्चालन गर्ने लथ्यलिएको जनाउदै भवन निर्माणमा सबैको साथ र सहयोगको अपेक्षागरिएको बताए । बासका निर्वतमान अध्यक्ष रमेश सिटौलाले धन्यबाद ज्ञापन गरेको कार्यक्रमको समापन बासका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले गरेका थिए ।