Uncategorized
नेपालगन्जका नगर प्रमुख विष्ट डेंगु संक्रमित भएको पुष्टि
बाँके १४ असोज । नेपालगन्ज उप–महानगर पालिका बाँकेका नगर प्रमुख प्रशान्त विष्टलाई डेंगु संक्रमण पुष्टि भएको छ ।बुधबार साँझदेखि उच्च ज्वरो र जिउ दुख्ने समस्या देखिएपछि नगर प्रमुख विष्टले बिहीबार स्वास्थ्य जाँच गराउँदा डेंगु पुष्टि भएपछि हिजोबाट नेपालगन्ज मेडिकल कलेजमा भर्ना भएका छन् ।
नगर प्रमुख विष्टको मेडिकल वार्डको १३३ नम्बर क्याबिनमा उपचार भइरहेको छ ।


