Uncategorized

अस्पताल विकास समितिका अध्यक्ष जसगढद्धारा दशैंको शुभ अवसरमा फलफुल वितरण

बाँके, १८ असोज ।

भेरी अस्पताल विकास समितिले भेरी अस्पतालमा उपचारार्थ भर्ना रहेका बिरामीहररूलाई फलफुल वितरण गरेको छ ।
अस्पताल विकास समितिका अध्यक्ष शकिल अहमद जसगढले दशैंको शुभ अवसरमा भेरी अस्पताल रहेका बिरामीहरूलाई स्वास्थ्य लाभको कामना सहित फलफुल वितरण गरेका छन् ।
नेपालीहरूको महान पर्व बडा दशैंमा घर परिवार एक ठाउँ भेला भएर आआफ्नो गच्छे अनुसार मिठा मिठा परिकार खाएर रमाईलो गरि दशैं मनाउने गर्छन् । दशैंमा बिरामीका कारण घर जान नपाएका अस्पतालमा उपचारार्थ रहेका बिरामीहरूको दशैं खल्लो नहोस् भनी अध्यक्ष जसगढले बेडमा नै फलफुल पुर्याएका छन् ।
भेरी अस्पतालमा विभिन्न जिल्लाका भर्ना भएका बिरामीहरूलाई अस्पताल विकास समितिका अध्यक्ष शकिल अहमद जसगढले बिरामीलाई फलफुल वितरण गरेर दशैंमा घरको सम्झनालाई बिर्साउने कोशिस गरेका छन् ।
आकास्मिक कक्षबाट शुरुवात गरि प्रसुति, उत्तर प्रसुति, पोष्ट अप्रेटिभ, सर्जिकल, अर्थोपेडिक, आईसियु वार्ड गरि १ सय २० जनालाई फलफुल, जुस लगायत सामग्री दिएर अध्यक्ष जसगढले बिरामीको स्वास्थ्य अवस्थाको बारेमा पनि जानकारी लिनुभयो ।
फलफुल वितरण गर्दा कस्तो लाग्यो भनि प्रश्न सोध्दा अध्यक्ष जसगढले भने,स् दशैं जस्तो महान चाडमा पनि स्वास्थ्य अवस्थाका कारणले घर जान नपाएकाहरुको दशैं खल्लो नहोस् भनी फलफुल खाएर रमाईलो गरेर दशैं मनाउन पाउँदा आफुलाई साह्रै खुशी महसुस भएको बताउनु भएको छ ।
अन्य विभिन्न औपचारिक कार्यक्रमहरु सञ्चालन गरी पर्व मनाउनु भन्दा पनि प्रत्यक्ष बिरामीलाई लाभ हुने गरी स्वास्थ्य लाभको कामना सहित फलफुल वितरण गर्दा बिरामीको दशैं खल्लो हुनुमा केही राहत महसुस गरिएको अध्यक्ष जसगढले बताए ।
प्रत्यक्ष बिरामीलाई लाभ हुने गरी स्वास्थ्य लाभको कामना सहित फलफुल वितरण गरेकोप्रति डाक्टर संकेत रिसाल, मेट्रोन दुर्गा लक्ष्मी श्रेष्ठले अध्यक्षलाई धन्यवाद समेत दिएका थिए ।
फलफुल वितरण कार्यक्रममा वरिष्ठ फिजिसियन डाक्टर संकेत रिसाल, डाक्टर राहुल कुर्मी, डाक्टर विनय, मेट्रोन दुर्गा लक्ष्मी श्रेष्ठ, स्टाफ नर्स, स्वास्थ्यकर्मी, धार्मिक सद्भाव समितिका मौलाना अब्दुल जब्बार मन्जरी, विनय चन्द्र गुप्ता, हन्नान जसगढ, जहाँगिर मुस्लमान लगायतको उपस्थिति रहेको थियो ।