जीवनशैली
वर्षाले गर्दा रावण दहन आज स्थगित
बाँके, १९ असोज ।
नेपालगञ्जको रामलिला मैदानमा दशैंको दिन मनाईंदै आएको रावण दहन ९दशहरा मेला०को सम्पूर्ण कार्यक्रम आजलाई स्थगित गरिएको छ ।
रातीदेखि परिरहेको लगातार वर्षाको कारणले विजया दशमीको कार्यक्रम तथा रावण दहन कार्यक्रम आजलाई स्थगित गर्ने रामलिला सञ्चालक समितिले निर्णय गरेको कुरा रामलिला सञ्चालक समितिका सदस्य रमेशचन्द्र कुमालले बताउनु भएको छ ।
रावण दहन तथा विजया दशमीको सम्पूर्ण कार्यक्रम भोली २ बजेदेखि भेरी एफएम नजिक वडा नम्बर १३ मा रहेको रामलिला मैदान ९दशहरा बगिया० मा हुने रामलिला सञ्चालक समितिका प्रबन्धक भरत किशोर बैश्यले जानकारी गराउनु भएको छ ।


