भृकुटी बहुद्देश्यी सहकारी संस्था लि.को १५ औं वार्षिक साधारण सम्पन्न

नेपालगन्ज ३० पुस ।
भृकुटी बहुद्देश्यी सहकारी संस्था लि.को १५ औं वार्षिक साधारण सम्पन्न भएको छ ।
नेपालगञ्जमा सम्पन्न १५ औं वार्षिक साधारण सभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका अध्यक्ष गजेन्द्रमान पतिले गत आ.व.मा १७ लाख ९ हजार ९ सय ८६ रुपैया नाफा कमाएको जानकारी दिनुभयो ।
प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष पतिले गत आव भन्दा यो वर्ष संस्थामा दोब्बर भन्दा बढी मुनाफा रहेको बताउनु भयो । भृकुटी सहकारी गत आवमा ६ लाख ८५ हजार ५ रुपैया मात्र मुनाफा कमाएको थियो । कुल शेयर सदस्य संख्या ८ सय ४५ रहेको यो सहकारीको शेयर पूँजि ७१ लाख सात हजार पा“च सय रहेको छ । गत आ.व.मा सहकारीले १२ करोड ७५ लाख ८८ हजार ३ सय २२ रुपैया निक्षेप संकलन गरेको छ । कर्जा लगानी तर्फ १० करोड ९९ लाख १० हजार २ सय ९७ रुपैया रहेको छ ।
सहकारीले मुनाफाको १० प्रतिले लाभांस वितरण गर्ने अध्यक्ष पतिले जानकारी दिनु भयो ।
कार्यक्रममा जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष भूपेन्द्र प्रसाद अधिकारीको प्रमुख आथित्यता रहेको थियो । सभामा बोल्दै प्रमुख अथिति अधिकारीले समाजमा सबै मिलेल जानुको विकल्प नभएको बताउनु भयो । सहकारीमा बचत तथा ऋणको मात्रै उद्धेश्यीय भन्दा बहुउद्दश्यीय सेवा सहित स्थापना भएका सहकारीमा अव शेयर सदस्यहरु एकिकृत भएर लाग्नु पर्ने धारणा राख्नु भयो ।
कार्यक्रममा जिल्ला सहकारी संघ लि. बाँकेका प्रबन्धक नवराज उपाध्याय, राष्ट्रिय सहकारी बैंक लि. नेपालगञ्जका कार्यकारी प्रमुख सागरनाथ योगी, भृकुटीनगर टोलघ विकास मितिका अध्यक्ष सरला विष्टलगायतले बोलनु भएको थियो । कार्यक्रम सहकारीका कार्यकारी प्रमुख हरिओम रघुवंशीले सञ्चालन गर्नु भएको थियो ।


