महोत्सवमा चर्चित थारु गायीका श्रीदेवी थारुको चवन्नी मुस्कीले गुञ्जयमान
नेपालगन्ज १२ माघ :
नेपालगन्ज महोत्सवमा चवन्नी मुस्कीले गुञ्जीएको छ । माघ १० गतेदेखि संचालनमा आएको चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९ मा बिहीवार चर्चित थारु गायीका श्रीदेवी थारुको चवन्नी मुस्कीले गुञ्जयमान भएको हो । नेपालगन्ज महोत्सव संचालन भएको तेश्रो दिन थारु चर्चित गायीका श्रीदेवीले चवन्नी मुस्की मारके भन्ने बोलको गित गाएपछि दर्शकको गडगडहात तालि र हुटिङले दर्शकलाई थामिनसक्नु भएको थियो । दर्शको हुटिङले जोसिएका गायीका श्रीदेवीले महिना न चलाउ छैला चलती डगरमे भन्ने पछि झनै दर्शकको हुटिङले महोत्सव तातिएको थियो । लगातार गायीका श्रीदेवीले बैसा केकर लाग हो भनेपछि झनै दर्शकले नेपालगन्ज कै लागि हो हुटिङ गरेका थिए ।

जवानीमा बैसा केकर लाग भनेपछि झनै दर्शकको साथ र माया पाएका गायीका श्रीदेवीले नेपालगन्जको बजारमा दारु पियातम भनेपछि झनै दारु कै तालमा झै दर्शक जोसिएका थिए । २४ गतेसम्म चल्ने महोत्सवमा गायीका श्रीदेवीले विहीवार आफ्नो प्रस्तुती प्रस्तुत गर्नुभएको थियो । ४ वटा गित गाएका श्रीदेवीको साथले दर्शक होमिएका थिए । यस्तै चर्चित गायक टंक तिमिल्सेना लगायतले विहिवार आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए । थारु गायीका श्रीदेवी लगातार ४ वटा गितमा आफ्नो दमदार प्रस्तुती प्रर्दशन गर्नुभएको थियो ।


