महोत्सबमा राष्ट्रिय चर्चित कलाकार टंक तिमिल्सीनाले दर्शकलाई भरपुर मनोरञ्जन
नेपालगन्ज १२ माघ :
नेपालगन्ज महोत्सबमा राष्ट्रिय चर्चित कलाकारहरुले दर्शकलाई भरपुर मनोरञ्जन दिएका छन् । नेपालगन्जमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवमा चर्चित गायक टंक तिमिल्सीना, गायिका शोभा त्रीपाठी र थारु मोडेल तथा गायिका श्रीदेवी चौधरीले बिहीवार दर्शकलाई भरपुर मनोरञ्जन दिएका हुन । यहि माघ १० गतेदेखि सुरु भएको महोत्सब बर्षाका कारण बुधवार केही समस्या भएयतापनि बिहीबार दर्शकले भरपुर मनोरञ्जन लिएको महोत्सबमा आएका एक दर्शकले बताउनुभयो । ‘सम्वृद्ध नेपालको प्रमुख आधार कृषि, उद्योग, पर्यटन संस्कृति र व्यापार प्रवद्र्धनका साथ नागरिक स्वरोजगार भन्ने मुल नाराका साथ सुरु भएको महोत्सवमा निकै चर्चित टंक, शोभा र श्रीदेवीले आ आफ्नो बेजोड प्रस्तुतिले महोत्सबको माहोल तताउनुभएको छ । नेपालगन्जको सडक डिभिजन कार्यालयको परिसरमा संचालन भइरहेको महोत्सवमा ३ सय वटा बिभिन्न खालका स्टलहरु राखिएका छन् भने महोत्सवको आर्कषणका रुपमा थारु गाउँ समेत राखिएको छ ।
थारु गाउँमा समेत दर्शकलाई छुटटै मनोरञ्जनका लागि थारु परिकार, थारु नाच, थारु गितसंगितले भरपुर मनोरञ्जन गराएको महोत्सबका प्रत्यक्ष दर्शिहरु बताउछन् । यस्तै महोत्सबलाई थप आर्कषण बनाउन राखिएका बाल उद्यानकाबाट पनि दर्शक तथा बालबालिकाले समेत मनोरञ्जन लिएको एक दर्शकले बताएका छन् । दर्शकलाई मनोरञ्जन गराउन प्रत्येक दिन लुम्बिनी प्रदेश स्तरिय डान्स प्रतियोगिता समेत गराएको छ । महोत्सवको तेस्रो दिन सरस्वती पूजा भएकोले दर्शकको उपस्थित बाख्लो देखिएको थियो । दर्शकको उपस्थितीले व्यापारीको पनि राम्रो व्यापार भएको सजिलै अनुमान लगाउन सकिन्छ । महोत्सब माघको २४ गते सम्म संचालन रहने भएकोले प्रत्येक दिन चर्चित राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारद्धारा दर्शकलाई भरपुर मनोरञ्जन गराउँने आयोजकले बताएको छ ।


