Uncategorized
जमुनाहमा बालमैत्री परामर्श केन्द्रको भवनको उद्घाटन


रीता कुमारी थारु
नेपालगन्ज १३ माघ ।
नेपालगन्जको जमुनाहमा बालमैत्री परामर्श केन्द्रको भवनको उद्घाटन गरिएको छ ।शक्ति समूह नेपालगन्जको समन्वय एबं सहकार्य तथा ओ.यु.आर.को आर्थिक सहयोगमा जमुनाहमा बनेको बालमैत्री परामर्श केन्द्रको भवनको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले शुक्रबार उद्घाटन गरेका छन् ।असुरक्षित रुपमा सीमापार भई बेचबिखनको जोखिममा पर्न सक्ने बालबालिकाहरुलाई परामर्श दिने उद्देश्यका साथ इलाका प्रहरी कार्यालय जमुनाहमा निर्माण गरिएको बालमैत्री परामर्श केन्द्रको भवन र कानूनी विवादमा परेका बालबालिकाहरुका लागि जिल्ला प्रहरी कार्यालय बाँके परिसरमा निर्मित बाल निगरानी कक्षलाई समेत हस्तान्तरण गरिएको छ ।


