Uncategorized
नकबजनी चोरी मुद्दाको फरार प्रतिवादी अन्सारी पक्राउ
बाँके १८ माघ ।
नकबजनी चोरी मुद्दाको फरार प्रतिवादीलाई पक्राउ गरिएकाे छ । सम्मानित बाँके जिल्ला अदालतको मिति २०७९।०४।०२ गतेको फैसलाले जिल्ला बाँके ने.ग.उ.म.न.पा. १६ जयसपुर बस्ने वर्ष २५ को नन्कउ अन्सारीलाई नकबजनी चोरी मुद्दामा १ महिना १५ दिन कैद सजाय तोकिएको थियो । निज हालसम्म फरार रहेको हुँदा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०७९।१०।१८ गते निजलाई पक्राउ गरी सम्मानित बाँके जिल्ला अदालतमा बुझाईएको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।


