नेपालगंजमा आइक्यानको २६ औं वार्षिकोत्सव भव्यताका साथ मनाईयो

नेपालगन्ज १८ माघ
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था, नेपालगंज शाखाले संस्थाको २६ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । वार्षिकोत्सवका अवसरमा शाखाले नेपालगन्जमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता तथा औपचारीक कार्यक्रम गरी मनाएको हो ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) नेपालगन्ज, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान), नेपाल अडिटर्श एशोसिएसन( अडान), आन्तरिक राजश्वकार्यालय र नेपालगन्ज उद्योग बाणिज्य संघसंग मंगलबार मैत्रीपूर्ण फुटसल प्रतियोगिता भएको थियो । जसमा लिग चरणको खेलमा जम्मा ९ खेल हुदा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) र नेपालगन्ज उद्योग बाणिज्य संघले ३÷३ खेल जिति ९ अंक साथ अग्रस्थानमा रहे भने आईक्यानले दुई खेल जितेर ६ अंक प्राप्त ग¥यो । उक्त खेलमा अडानले एक खेल जिति ३ अंक प्राप्त ग¥यो । आन्तरिक राजश्व कार्यालयले भने सवै खेल हार्नु पर्दा अंक विहिन हुनुप¥यो । फाईनल खेलमा उच्च अंक साथ नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ, बांके र नेपालगंज उद्योग बाणिज्य संघ पुग्न सफल भएका थिए । फाईनलमा नेपाल चार्टर्ड एकाउन्टेन्टेस संघ, बांकेले नेपालगंज उद्योग बाणिज्य संघ लाई ७–२ गोल अन्तरले हराउदै आईक्यान कप नेपालगन्ज् २०७९ जित्न सफल भयो ।
कार्यक्रममा संस्थाका सदस्य, कर्मचारी, सि.ए. तथा लेखा विषयमा अध्ययनरत विभिन्न कलेजका विद्यार्थीहरु तथा सरोकारवालाहरु सहित करिब ६० जनाको सहभागिता रहेको थियो ।
यसै गरी संस्थाको २६ औं वार्षिकोत्सवको अवसरमा सिद्घार्थ कटेज, नेपालगंजमा औपचारीक कार्यक्रम सम्पन्न भएको छ । नेपालगंज शाखा समन्वय समितिका संयोजक सिए.विश्व राम भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य प्रमुख अतिथि हुनुहन्थ्यो ।
यस्तै विशेष अतिथिहरुमा नेपाल राष्ट्र बैंक नेपालगंजका कार्यालय प्रमुख सुमन कुमार नेपाल, आन्तरिक राजश्व कार्यालय नेपालगंजका प्रमुख कर अधिकृत सुदिशकुमार अर्याल र नेपालगंज उद्योग बाणिज्य संघका अध्यक्ष अव्दुल वाहिद मन्सुरी लगाएतले वार्षिकोत्सवको अवसरमा शुभकामना मन्तव्य ब्यक्त गर्दै आइक्यानको उच्वलभ विष्यको कामना गर्नु भएको थियो।कार्यक्रम संचालन गर्दै नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संंस्था नेपालगंज शाखाका प्रमुख देवराज अधिकारीले उद्देश्यमाथी प्रकाश पार्नु भएको थियो । कार्यक्रममा करिब ५५ जनाको उपस्थिति रहेको थियो । नेपालगंज शाखा समन्वय समितिका सदस्य आर.ए मोहम्मदजुवेर राईले स्वागत मन्तव्य तथा समितिका सदस्य आर.ए गोकर्ण प्रसादआचार्यले आईक्यानको विषयमा विस्तृत जानकारी गराउनु भएको थियो । कार्यक्रममा मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रथम हुने एक्यान बांकेलाई ट्रफी प्रमुख अतिथि प्रजिअ विपिन आचार्य बाट हस्तान्तरण गरिएको थियो भने खेलमा सहभागि सम्पुर्ण खेलाडिहरुलाई समितिका संयोजक सिए. विश्व राम भण्डारीले प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो ।


