Uncategorized

भोजपुरीका सुपर स्टार धीरेन्द्र धांसु (खेसारी-२)को दमदार प्रस्तुति

बाँके १९ माघ।

बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा बिहीबार भोजपुरीका सुपर स्टार धीरेन्द्र धांसु (खेसारी-२) सहितको टोलिले नेपालगञ्जमा दमदार प्रस्तुति राखेका छन ।नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको मञ्चमा आज अन्तरराष्ट्रिय एवं राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो ।खेसारी-२ संगै गायिका अनिसा वर्मा, प्रोग्राम आर्गनाईजर मनोज भास्कर, एक्टर बिक्की जयसवाल, गायक गौरब मिश्राले बेजोड प्रस्तुति राखेका प्रचारप्रसार समितिका संयोजक भागवत कंडेलले जानकारी दिए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र शिवालय सेक्युरिटी तथा मल्टीपर्पोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा अझै ५ दिन सम्म जारी रह्ने महोत्सवमा आज एमउबी.एम.पी म्पूजिकको दमदार प्रस्तुति रहेको थियो भने मोडल नेहा राज, मुस्कान जानू, चाहत जी, पायलले दर्शकलाई भरपुर मनोरञ्जन दिएका छन । उनीहरुको २४ जनाको टोलि नेपालगञ्जमा आएको थियो । एक्टर जयसवालका अनुसार उनीहरुको टोलि आजै भारत फर्किने र भोलि कोलकत्तामा एक कार्यक्रममा सहभागी हुनेछन ।

यस्तै, आज गायिका उमादेवी खनाल, डान्सर बबिता धिताल, स्थानिय गायक अशोक रावलको समेत प्रस्तुति रहेको थियो ।

यस बाहेक दर्शको थप मनोरञ्जनका लागि दैनिक लुम्बिनी प्रदेश स्तरिय नृत्य प्रतियोगिता समेत भईरहेको छ । जस मध्ये १२ जना आज निणर्ायकमा परेका आयोजकले जनाएको छ ।

महोत्सवमा आज एस एम कला केन्द्र ग्रुपको समेत प्रस्तुति रहेका थियो । आज कार्यक्रम प्रेरणा गिरीले उद्धोषण गरेकी थिईन ।