Uncategorized

महिला लघुवित्त वित्तीय संस्था लिमिटेड काभ्रेद्धारा दुईदिने कार्यक्रम सुदृढीकरण तालिम सम्पन्न

नेपालगन्ज, २० माघ
महिला लघुवित्त वित्तीय संस्था लिमिटेड काभ्रेद्धारा आयोजित दुईदिने कार्यक्रम सुदृढीकरण तालिम कोहलपुरमा सम्पन्न भएको छ । संस्थाको सुपरिवेक्षण तथा निरिक्षण कार्यालय नेपालगन्ज अन्तगर्त संस्थाका ३४ जना फिल्ड सहायक कर्मचारीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।
कार्यालय अन्तगर्त विभिन्न शाखाका कर्मचारीहरुलाई केन्द्रिय कार्यालयबाट कर्जा विभाग तथा जोखिम विभाग प्रमुख वरिष्ठ प्रबन्धक ईश्वरबहादुर रोका तथा अनुगमन तथा निरिक्षण विभाग प्रमुख बुद्धिसागर न्यौपानेले विभिन्न विषयमा प्रशिक्षण दिएका थिए । यस्तै कार्यक्रमका मुख्य आर्कषणका रुपमा रहेका प्रशिक्षक राजु नेपालले उत्प्रेरणा सम्बन्धी तालिम प्रदान गरेका थिए ।
सुपरिवेक्षण तथा निरिक्षण कार्यालय नेपालगन्जका प्रमुख तिलक दत्त पन्तले संचालन गरेको कार्यक्रमको सहजीकरण उक्त कार्यालयका सहायक बमबहादुर रावलले गरेका थिए ।