राजनीति

नेपाल घरेलु तथा साना उद्योग बचत सहकारी संस्था लि.को अध्यक्षमा पाठक चयन

 


नेपालगञ्ज २१, माघ
नेपाल घरेलु तथा साना उद्योग बचत सहकारी संस्था लि.को अध्यक्षमा कृष्णा पाठक चयन हुनुभएको छ । शनिबार सहकारीको सम्पन्न १० औं अधिवेशनबाट कृष्णा पाठकको अध्यक्षतामा ७ सदस्यीय नया“ संचालक समिति चयन भएको
हो । पाठक सहकारी अभियानमा लामो समय क्रियाशिल हुुनुहुन्छ । अधिवेशनबाट नया“ संचालक समितिको उपाध्यक्षमा गणेश पाठक, सचिवमा विकाश हरी कोईराला, कोषाध्यक्षमा लाल बहादुर शाह र सदस्यहरुमा प्रेम प्रकाश उपाध्याय, शान्ति गौतम, नन्द कुमार वर्मालाई सर्वसम्मत चयन गरिएको उपाध्यक्ष पाठकले जानकारी दिनुभयो ।
त्यस्तै सहकारी १० औं अधिवेशनबाट लेखा सुपरिवेक्षण समिति समेत गठन गरेको
छ । भिम प्रसाद बरालको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति गठन गरिएको हो । सुपरिवेक्षण समिति सदस्यहरुमा टंकनाथ पौडेल र तारादेवि धामी रहनु भएको छ ।
निवर्तमान अध्यक्ष पदम अर्यालको अध्यक्षतामा सम्पन्न अधिवेशनबाट विभिन्न निर्णय गरिएको छ ।
अर्यालले आफ्नो कार्यकालमा भरसक सहकारी अभियानमा सहकारीका सदस्यहरुको हित हुने काम गरेको बताउनु भएकोे थियो । त्यस्तै कार्यक्रका प्रमुख अथिति जिल्ला सहकारी संघ लि.का उपाध्यक्ष प्रकाश ज्ञवालीले देशव्यापी रुपमा फैलिएको सहकारीको गलत धारणालाई विश्वास नगरी सहकारीमा नियमित बचत गर्ने नियम तथा बानी बसाल्नु पर्ने विचार राख्नु भएको छ । धैरै सदस्यहरु पनि आवश्यक नपर्ने भन्दै उपाध्यक्ष ज्ञवालीले नियमित बचत गर्ने सक्रिय सदस्यको संख्या बढाए सहकारी संचालन गर्न कुनै पनि वाधा नपर्ने बताउनु भएको हो ।
सहकारीले गत आ.व.मा कमाएको नाफाको १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । शेयर सदस्यहरुलाई उक्त लाभांश रकम आफ्नो शेयर रकममा थप हुने गरि वितरण गर्न लागेको निवर्तमान अध्यक्ष पदम अर्यालले जानकारी दिनुभएको छ ।
कार्यक्रममा उत्कृष्ट कर्मचारी, बचत कर्ता तथा सबै भन्दा बढी शेयर लिने शेयरधनीहरुलाई दोसल्लाह ओढाएर प्रमाणपत्र सहित सम्मान गरिएको थियो । सहकारीका पूर्वअध्यक्षहरु, घरेलु महासंघका पदाधिकारीहरुलगायतको उल्लेखिय सहभागिता रहेको थियो । अधिवेशनको पहिलो सर्तको कार्यक्रम निवर्तमान सचिव तथा नवनिर्वाचित उपाध्यक्ष गणेश पाठकले सन्चालन गर्नु भएको थियो ।