Uncategorized

महोत्सवमा आजका अतिथि कलाकारहरुले आगो बाल्ने प्रस्तुति

 

 

बाँके २१ माघ ।

बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा आजका अतिथि कलाकारहरुले आगो बाल्ने प्रस्तुति सहित मनोरञ्जन गराएका छन ।

आज सबैको लागि बिदाको दिन शनिवारको अवसर पारेर नेपालगञ्जवासीलाई नचाउन र भरपुर मनोरञ्जन गराउन राष्ट्रिय ख्याती प्राप्त गायक, गायिका, बाल गायक र हाँस्य कलाकारहरुले बेजोड प्रस्तुति रहेको थियो ।

नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको मञ्चमा आज ख्याती प्राप्त गायक रमेशराज भट्टराई, गायिका प्रिती आले, बाल गायक सुप्रिम मल्ल, डान्सर टिका जैसी, डान्सर अस्मिता कार्की, हाँस्य कलाकार भुवनेश्वर अधिकारीको बेजोड प्रस्तुति रहेको थियो ।

चर्चित गायक भट्टराईले कोभिडको समय पछिको नेपालगञ्जको पहिलो महोत्सव हो जहाँ यत्ति धेरै दर्शकहरुको उपस्थिति रहेको जिकिर गरे । उनले यो उपस्थिति र आफ्नो गीतहरुलाई असाध्यै मन पराइदिएकोमा भगवान रुपी दर्शकलाई कृतज्ञता ब्यक्त गर्दै आभारी रहेको बताए ।

उनको बहुला बनाएर गई बोलको गीतमा दर्शकले मोबाईलको बत्ती बालेर गीतको मनोरञ्जन लिएका थिए । उनको गीतमा केही दर्शकहरु भाबुक समेत भएका थिए ।

यस्तै, चर्तित गायिका प्रिती आलेको प्रस्तुतिले महोत्सव परिसरमा मनोरञ्जनको आगो बालेको एक दर्शकले बताए । उनको प्रस्तुतिले दर्शकले आफुलाई झुमेर नाच्नबाट रोक्न सकेन्न । आजको प्रस्तुतिबाट दर्शकले भरपुर मनोरञ्जन लिदै आइतबार आउन लागिएका कलाकारको समेत प्रस्तुति हेरेर रमाउने प्रतिक्रिया दिएका छन ।

यस्तै, बाल गायक मल्लले समेत यो ठूलो भिड अहिले सम्म पहिलो पटक देखेको जिकिर गरे । उनले गाएको गीतको गहिराईमा ढुवेर केही दर्शक भाबुक हुदैँ आसु समेत झारेका थिए । उनले आफु नेपालगञ्जमा जन्मिएको ठाँउ रहेको बताउदै दोस्रो पटक नेपालगञ्ज आएको जानकारी दिए । उनी केही वर्ष नेपालगञ्जको राझाँमा रहेको एक स्कुलमा आफु पढेको समेत सुनाए । उनले नेपालगञ्जवासी संग आजको लागि बिदाई माग्दै फेरी पनि भेट्न आउने वाचा समेत गरे ।

यस्तै, हाँस्य कलाकार अधिकारीले हजारौ दर्शक बीच बिभिन्न चरा, जनावर र व्यक्तिहरुको बोल्ने शैलीको आवाज निकालेर मनोरञ्जन गराएका थिए ।

आइतबार गायक बद्री पंगेनी, गायिका एलिना चौहान, मोडल एवं डान्सर अञ्जली अधिकारी आउने भएका प्रचारप्रसार समितिका संयोजक भागवत कंडेलले जानकारी दिए ।
उनका अनुसार आइतबार स्थानिय कलाकार गायक अशोक रावलको समेत प्रस्तुति रह्नेछ भने कार्यक्रम उद्धोषिका शितल शर्मा र प्रेरणाले संचालन गर्ने कार्यक्रम तय भएको छ ।

यस्तै, दर्शकको थप मनोरञ्जन र स्थानिय कलाकारको उत्पादन गर्ने उद्देश्यका लागि लुम्बिनी प्रदेश स्तरीय नृत्य प्रतियोगिता भईरहेको छ । महोत्सवमा भोलि एस एम कला केन्द्र ग्रुपको समेत प्रस्तुति रह्नेछ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र शिवालय सेक्युरिटी तथा मल्टीपर्पोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा जारी महोत्सव अझै ३ दिन सम्म जारी रह्नेछ ।