Uncategorized

अमृता प्रीतमका छानिएका कवितामाथि नेपालगन्जमा विमर्श

नेपालगन्ज, २८ माघ
नेपालगन्जमा रिमा केसीद्वारा अनुदित कृति अमृता प्रीतमका छानिएका कवितामाथि विमर्श गरिएको छ । मध्यपश्चिम स्रष्टा समाजको आयोजनामा महेन्द्र पुस्कालयमा भएको विमर्श—विन्दु कार्यक्रममा भारतीय चर्चित कवि अमृता प्रितमका उत्कृष्ट कविताको नेपाली भाषामा भएको अनुवादबारे गम्भीर विमर्श भएको हो ।
कार्यक्रममा कवि डा. निरज भट्टराई, साहित्यका शिक्षक लेकप्रसाद प्याकुरेल, साहित्यिक अध्येता डम्मर विसी र शिक्षक छत्रपति सिंहले अनुवाद कृति पढिसकेपछिको अनूभूति साटेका थिए । त्यसक्रममा उनीहरुले अनुवादित कृतिमाथि मिश्रीत प्रतिक्रिया दिएका थिए । कार्यक्रममा बोल्दै कवि डा. भट्टराईले अमृता प्रीतमजस्तो सिद्धहस्त कविका बविता अनुवाद गर्न चुनौतिपूर्ण काम रहेको बताउँदै रिमाले तारिफयोग्य काम गरेको बताए । केसीले आफ्नो अनुवादको पहिलो प्रयासस्वरुप कृति प्रकाशित गरेको बताएकी थिइन् । उनले प्रीतमका कविता आफूलाई मन पर्ने भएर र सबै नेपाली पाठकमाझ उनका कविता पुग्नुपर्छ भन्ने लागेर अनुवाद गरेको बताइन् ।
साहित्यिक अध्येता विसीले अमृता प्रीतमका कविताको असली स्वाद अनुवादमा आउन नसकेको भन्दै खरो प्रतिक्रिया जनाएका थिए । साहित्यका शिक्षक प्याकुरेलले कविताको अनुवादजस्तो जटिल काम गर्ने आँट गरेकोमा केसीको तारिफ गर्दै पुस्तकका गुण र दोषमा टिप्पणी गरेका थिए । शिक्षक सिंहले आफूले अमृता प्रीतमलाई अनुवाद कृति आइसकेपछि मात्रै पढेको भन्दै खुसी व्यक्त गरे ।
मध्यपश्चिम स्रष्टा समाजका अध्यक्ष शुक्रऋषि चौलागाईंको अध्यक्षतामा सन्चालित कार्यक्रममा साहित्यकार सनत रेग्मी, शशीराम कार्की, खगेन्द्र गिरी कोपिला, भोजराज शर्मा नादिर, पंकज श्रेष्ठलगायतले पनि बोलेका थिए । अमृता प्रीतमका छानिएका कविता पुस्तकलाई इंडिगो इंकले बजारमा ल्याएको हो ।

राजनीति

वार्ता र संवादबाट समस्याकाे समाधान निकाल्न मुख्यमन्त्री आचार्यको आग्रह

दाङ १२ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द