प्रजातन्त्र दिबसको अबसरमा विभिन्न जनचेतना मुलक कार्यक्रम
नेपालगन्ज ०७ फागुन ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ ले ७३ औ राष्ट्रिय प्रजातन्त्र दिबसको अबसरमा विभिन्न जनचेतना मुलक कार्यक्रम गरि र्याली निकालिएको छ । स्थानीय शान्तिनगर पिपल चौताराबाट आइतबार बिहान् ८ बजेदेखी र्याली सुरु गरिएको थियो । उक्त र्याली चारबाहिनी चोक, हुलाक कार्यालय हुदै श्रद्धानगर, बाँकेगाउँ महाकाली मन्दिर, आनन्दनगर, पिरलीपुर्वा हुदै पुन शान्तिनगर पिपल चौतारामा समापन गरिएको थियो ।उक्त वडामा जनचेतना मुलक र्यालीसँगै सडक नाटक कार्यक्रम समेत गरिएको थियो ।
समापनका क्रममा वडा नम्बर ९ का वडाअध्यक्ष गोविन्द रेग्मी, वडाका अन्य जनप्रतिनिधी, समाजसेवी, स्थानीय बासिन्दा वडा प्रहरी कार्यालयबाट खटिनु भएका सुरक्षाकर्मी ९ नम्बर वडा भित्र रहेका विभिन्न स्कुलहरुका शिक्षक विद्यार्थी लगायतको उपस्थिती रहेको स्थानीय समाजसेवी तथा श्रद्धानगर टोलको अध्यक्ष दिल बहादुर थापाले जानकारी दिनुभयो ।


